बाँकेमा अनुसन्धान विभागका सिपाही मृत फेला

रूपा गहतराज

नेपालगन्ज — राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन् ।

अनुसन्धानका सिपाही थापा मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेका हुन् । उनको शव शुक्रबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

‘घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका छ,’ जिल्ला प्रहरी कार्यालय बाकेका डिएसपी खडकाले भने, ‘पोष्टमार्टमको रिपोर्ट पर्खिरहेका छौं ।’

प्रकाशित : माघ २, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?