कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक आन्दोलनको बालुवाटार मार्चमा प्रहरी हस्तक्षेप

पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ — बृहत नागरिक आन्दोलनको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा बृहत नागरिक आन्दोलनले प्रतिगमनको प्रतिरोधमा गरेको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको हो ।

नागरिक आन्दोलनको बालुवाटार मार्चमा प्रहरी हस्तक्षेप

कमलपोखरीको माटो लगाएर सुरु भएको र्‍याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

झडपमा परी वरिष्ठ पत्रकार नारायण वाग्लेसहित अन्य प्रदर्शनकारीहरु घाइते भएका छन् ।


प्रकाशित : माघ १२, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?