कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बुधबार बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो । प्रधानन्यायाधीश जबराले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराए । 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबारको बहसमा सरकारी पक्ष असहमत देखिएको थियो ।

उक्त मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने रिट निवेदकतर्फ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माग गरेका थिए । बुधबार बिहान सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोडेपछि प्रधानन्यायाधीश जबराले मल्ललाई राखेका हुन् ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २९, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?