कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकमाथिको दमन निन्दनीय : पशुपति शमशेर

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले २९९ औं पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै भर्त्सना गरेका छन् ।

नागरिकमाथिको दमन निन्दनीय : पशुपति शमशेर

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्नअघि बढेका नागरिकलाई प्रहरीले रोक लगाएको थियो । सोही क्रममा दुई पक्षबीच झडप भएको थियो ।

प्रकाशित : पुस २७, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?