मनिषा कोइरालाको प्रश्‍न : यो नेपालीको सरकार नै हो ?

काठमाडौँ — पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।

मनिषा कोइरालाको प्रश्‍न : यो नेपालीको सरकार नै हो ?

सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी छन् ।

उनले ट्वीटरमा लेखेकी छन्,' मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?'

पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच झडप भएको थियो । सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज प्रदर्शनकारी घाइते भएका थिए । त्यस क्रममा र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । हातहातमा राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहका ‘दिव्योपदेश’ लेखिएका तस्बिर बोकेका उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए ।

प्रकाशित : पुस २७, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?