कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै नेविसंघ र तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

आइतबार कांग्रेसको विरोधसभा

काठमाडौँ — सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग तथा प्रेस स्वतन्त्रताको पक्षमा नेपाल विद्यार्थी संघ र तरुण दलले शनिबार साँझ मसाल जुलुस निकालेका छन् । कांग्रेसले आइतबार  काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।

गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै नेविसंघ र तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

सहकारी ठगीमा संलग्न लामिछानेमाथि छानबिनको माग उठाएर कांग्रेसले साढे दुई महिनादेखि संसदीय छानबिनको माग उठाउँदै आए पनि सरकार गम्भीर नबनेपछि सडकबाट समेत दबाब दिने उद्देश्यले कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्न लागेको हो ।

तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाको संयोजकत्वमा गोगंबुमा मसाल जुलुस निकालिएको थियो । नेविसंघका सदस्य बिजयी ढुंगानाका अनुसार सहकारीको बचत अपचलन गर्ने उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति तत्काल गठन गर्न र प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै मसाल जुलुस निकालिएको हो ।

प्रकाशित : जेष्ठ १२, २०८१ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?