कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

टुँडिखेललाई मास्न नदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौँ — खुला मञ्चको संरक्षण र संवर्दनको माग गर्दै अभियन्ताहरूले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । टुँडिखेलको अभिन्न अंगका रूपमा रहेको खुला मञ्चलाई संरक्षण गर्नुपर्ने भन्दै मुक्त टुँडिखेल(अकुपाई टुँडिखेल) का अभियन्ताहरूले प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएका हुन् । 

टुँडिखेललाई मास्न नदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं महानगरपालिकाले खुला मञ्चलाई खेलमैदान बनाउन लागेको भन्दै अभियन्ताहरूले जनताले ऐतिहासिक कालखण्डदेखि आफ्ना हकअधिकारका लागि आवाज राख्ने ठाउँलाई नमास्न आग्रह गरेका हुन् ।

'खेलमैदान काठमाडौंको आवश्यकता हो यसमा कसैको दुईमत रहन सक्दैन तर खुला मञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व छ । खुला मञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने हाल रहेको लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि महत्त्वपूर्ण क्षेत्र तथा जीवनदायिनीसमेत हो । दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको अनुकूल उपयोगसमेत नहुने स्थिति देखिन्छ,' ज्ञापनपत्रमा भनिएको छ ।

'स्वच्छ, खुला टुँडिखेलका लागि नागरिक सचेतना तथा जनदबाब अभियान' का संयोजक विजय श्रेष्ठले टुँडिखेल अतिक्रमण हुने क्रममा रहेकाले पनि आफूहरूले विभिन्न समयमा यसविरुद्ध आवाज उठाउँदै आएको बताएका छन् ।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ, र हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ । सोमबार ज्ञापनपत्र बुझाउने क्रममा काठमाडौं क्षेत्र नम्बर ६ का पूर्वसांसद भीमसेनदास प्रधान पनि उपस्थित थिए ।




प्रकाशित : माघ १५, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×