कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दमौलीमा नयाँ एनसेल सेन्टर 

तनहुँ — एनसेल आजियाटा लिमिटेडले दमौलीमा नयाँ एनसेल सेन्टर सुरु गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ व्यास नगरपालिका–३ दमौलीमा नयाँ सेन्टर संचालनमा ल्याइएको हो । सेन्टरको एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले बिहीबार उद्घाटन गरे ।

दमौलीमा नयाँ एनसेल सेन्टर 

नयाँ सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवा लिन सक्ने एनसेलले जनाएको छ । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै रोड्रिगेजले भने, ‘व्यस्त बजार क्षेत्रमा नयाँ सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । ग्राहक सेवाका लागि स्थानीयस्तरमा नै उपस्थिति जनाई ग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्‍याउँदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो ।’

नयाँ सेन्टरले आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले दमौलीमा रहेको पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित : जेष्ठ २४, २०८१ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×