ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ — ग्लोबल आईएमई बैंकले देशभरका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाटबाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा २० हजारभन्दा बढी किसान, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता थियो ।
बैंकले चालु आर्थिक वर्षमा देशभर रहेका ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।