‘नेपाल स्टार’ विजेतालाई एक करोडको बिमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपाल स्टार’ विजेतालाई एक करोडको बिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारका विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ ।

कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख रुपैयाँ बराबरको बिमा योजना प्रदान गर्ने पनि जानकारी दिएको छ ।

प्रकाशित : पुस १, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

बजारमा सामसङको ‘ग्यालेक्सी एम ५१’

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले बजारमा ‘सामसङ ग्यालेक्सी एम ५१’ प्रस्तुत गरेको छ । यसमा पहिलोपटक सामसङले ७ हजार एमएएचको ब्याट्रीका साथ स्न्यापड्रागन ७३० छ ।

यसमा फोन बक्ससँगै टाइप–सी २५ वाटको चार्जर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा ६.७ इन्चको डिस्प्ले र सिङ्गल टेक फिचरका साथ सेगमेन्ट लिडिङ सोनी ६४ मेगापिक्सलको क्वाड क्यामेरा छ ।

६ जीबी र्‍यामका साथ १ सय २८ जीबी रोम भएको मोबाइल ३९ हजार ९ सय ९९र ८ जीबी र्‍यामका साथ १ सय २८ जीबी रोम भएका मोबाइल ४३ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रकाशित : पुस १, २०७७ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×