यामाहाले ल्यायो फ्रिडम इनिसिएटेड योजना


काठमाडौँ — यामाहा नेपालले नयाँ वर्ष २०७८ लक्षित फ्रिडम इनिसिएटेड योजना ल्याएको छ ।


यो योजनाअनुसार यामाहाले प्रत्येक महिना एक भाग्यशाली विजेतालाई बम्पर पुरस्कारबापत २०.७८ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
हरेक साता ग्राहकले स्क्य्राच कार्डमार्फत २.०७८ लाख रुपैयाँसम्मका पुरस्कार प्राप्त गर्नेछन् ।
यामाहाले ल्याएको वित्तीय योजनाअनुसार मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याज, न्यून डाउनपेमेन्ट वा न्यून ईएमआई सुविधाका साथ खरिद गर्न सक्नेछन् ।
प्रकाशित : चैत्र १६, २०७७ २३:००