रिक्सा चालकलाई मेगाको बिनाधितो कर्जा


काठमाडौँ — मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकलाई बिनाधितो कर्जा उपलब्ध गराउने भएको छ ।


बैंक र हंसराज हुलासचन्द एन्ड कम्पनीबीच उक्त कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र कम्पनीका सञ्चालक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
विपन्न तथा न्यून आय भएका रिक्सा चालकलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
रिक्सा चालकले आफ्नै स्वामित्वमा तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउनुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्ने बैंकले बताएको छ ।
प्रकाशित : चैत्र १७, २०७७ २१:००