कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिभिल बैंक र आइसनबीच छुट सम्झौता

काठमाडौँ — सिभिल बैंक र आइसनबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सिभिल बैंक र आइसनबीच छुट सम्झौता

सम्झौताअनुसार बैंकका ग्राहकले आइसनसँग अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाको सेवामा १२ प्रतिशत छुट पाउनेछन् ।

भारत, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायत गरी सात राष्ट्रमा छुट पाउने बैंकले जानकारी दिएको छ ।

बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट र आइसनका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : चैत्र १७, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?