एनआईसीको प्रिपेड डलर कार्ड- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसीको प्रिपेड डलर कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले प्रिपेड डलर कार्ड ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय अनलाइन माध्यमबाट खरिद गरी भुक्तानी गर्न सकिने कार्ड ल्याएको जनाएको छ ।

यस कार्डमार्फत ग्राहकले वार्षिक ५ सय अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक अन्य मुलुकमा भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ ।

प्रकाशित : चैत्र १७, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

सिभिल बैंक र आइसनबीच छुट सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — सिभिल बैंक र आइसनबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले आइसनसँग अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाको सेवामा १२ प्रतिशत छुट पाउनेछन् ।

भारत, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायत गरी सात राष्ट्रमा छुट पाउने बैंकले जानकारी दिएको छ ।

बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्ट र आइसनका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : चैत्र १७, २०७७ २०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×