कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँची सिमेन्टले स्वास्थ्य केन्द्र बनाउने

काठमाडौँ — अर्घाखाँची सिमेन्ट उद्योगले रूपन्देहीको सियारी गाउँपालिका–२ मा स्वास्थ्य केन्द्र भवन निर्माण सुरु गरेको छ ।

अर्घाखाँची सिमेन्टले स्वास्थ्य केन्द्र बनाउने

करिब १ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको कृषिमन्त्री घनश्याम भुसालले सोमबार शिलान्यास गरे । यस क्षेत्रमा आफ्नो उद्योगका तर्फबाट स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना केही वर्षअघि बनेको भए पनि त्यसले मूर्त रूप भने अब पाउन लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

‘यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै स्थानीयको सुखदु:खमा पनि साथ र सहयोग गर्ने उद्देश्य हाम्रो हो,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अग्रवालले भने, ‘यस क्षेत्रमा स्वास्थ्य सेवा अभावको महसुस गर्दै स्वास्थ्य केन्द्र भवनको निर्माण गर्न लागेका हौं ।’

प्रकाशित : मंसिर २२, २०७७ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?