‘प्रोटोन सागा’ अब नेपाली बजारमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रोटोन सागा’ अब नेपाली बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — शंकर ग्रुपको जगदम्बा मोटर्स प्रालिले प्रोटोनको गाडी ‘प्रोटोन सागा’ अब नेपाली बजारमा भित्र्याउने भएको छ ।

यसको मुख्य बजार मलेसिया र बेलायत रहे पनि ७० भन्दा बढी देशमा यो सार्वजनिक भइसकेको छ । नेपालमा पनि जगदम्बा मोटर्सले प्रोटोनको यो गाडी भित्र्याउन लागेको बताएको छ ।

३५ वर्षदेखि गाडी उत्पादन गर्दै आएको प्रोटोनले हालसम्म २७ वटा मोडल उत्पादन गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर २२, २०७७ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्

कुमारीका ग्राहकलाई चित्रवन हस्पिटलमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंक र चितवनको भरतपुरस्थित चित्रवन नेचर केयर हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहले डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा चित्रवनको सेवामा १० प्रतिशतससम्म छुट पाउनेछन् ।

बैंकका नारायणगढ शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रवनका निर्देशक डा. विशाल सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : मंसिर २२, २०७७ २१:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×