कुमारीका ग्राहकलाई चित्रवन हस्पिटलमा छुट- बजार - कान्तिपुर समाचार

कुमारीका ग्राहकलाई चित्रवन हस्पिटलमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंक र चितवनको भरतपुरस्थित चित्रवन नेचर केयर हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहले डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा चित्रवनको सेवामा १० प्रतिशतससम्म छुट पाउनेछन् ।

बैंकका नारायणगढ शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रवनका निर्देशक डा. विशाल सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : मंसिर २२, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्

सुबिसुको फाइभजी डुअल ब्यान्ड राउटर

कान्तिपुर संवाददाता

काठमाडौँ — केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकका लागि फाइभजी डुअल ब्यान्ड राउटरको सेवा ल्याएको छ ।

यसअघि कम्पनीले २.४ जीएचजेडको सेवा दिँदै आएकामा ग्राहकका लागि इन्टरनेट सुविधा थप सहज बनाउन फाइभजी सेवा सुरु गरिएको बताएको छ ।

प्रकाशित : मंसिर २२, २०७७ २१:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×