कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण सामग्रीको मूल्य बढ्दा समस्या

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा परेको बताएको छ । 

कोभिड–१९ को महामारीका बेला निर्माण सामग्रीमा मूल्य वृद्धि हुँदा समस्यामाथि समस्या थपिएको महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्यवृद्धि गरिएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा बताइएको छ ।

फलामजन्य निर्माण सामग्रीहरू विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनी र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य बढाएको विज्ञप्तिमा उल्लेख छ । महासंघले सरकारबाट प्रभावकारी अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणमा सार्थक पहल गरिदिनसमेत माग गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?