कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानिमा बैंकको नि:शुल्क क्रेडिट कार्ड योजना

काठमाडौँ — सानिमा बैंकले ग्राहकका लागि नि:शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । बैंकले ‘अनलाइन आवेदन दिनुहोस्, नि:शुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नाराका साथ यो योजना ल्याएको हो । 

यो योजना मंसिर १५ देखि २२ गतेसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने ग्राहकका लागि मात्र लागू हुने बैंकले जानकारी दिएको छ ।

बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ । अनलाइनबाट आवेदन दिने ग्राहकले नि:शुल्क क्रेडिट कार्ड र सस्तो ब्याजदरमा मासिक किस्ता (ईएमआई) मा विशेष सुविधा प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर १६, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?