कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तकको भन्सार घटाएकामा विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली प्रकाशकले विदेशमा मुद्रण गरी आयात गर्ने पुस्तकमा १० प्रतिशत मात्र भन्सार लाग्ने निर्णयको नेपाल मुद्रण उद्योग महासंघले विरोध गरेको छ ।

महासंघले शुक्रबार काठमाडौंस्थित माइतीघर मण्डलमा सरकारले गरेको निर्णयविरुद्ध विरोध प्रदर्शन गरेको हो । सरकारको निर्णयले स्वदेशी मुद्रण उद्योगलाई असर पर्ने भन्दै यसलाई सच्याउनसमेत महासंघले दबाब दिएको छ ।

‘स्वदेशी मुद्रण उद्योगहरूले प्रयोग गर्ने कागजलगायत कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी २८ प्रतिशत कर तिरी पैठारी गरिनुपर्ने,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तकको पैठारीमा कुनै पनि कर नलाग्ने व्यवस्थाले नेपाली प्रकाशनले विदेशी प्रकाशनका पुस्तकसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा विदेशी प्रकाशनका पुस्तकले नेपालमा बजार लिन सक्ने अवस्था आउने भएको छ ।’

प्रकाशित : कार्तिक २९, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?