कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिप्रदीको सहयोगमा ११ स्थानमा यात्रु सहायता कक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदियन सहायता संस्थाले काठमाडौंका विभिन्न प्रमुख स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ ।

सिप्रदीको सहयोगमा ११ स्थानमा यात्रु सहायता कक्ष

सिप्रदीले काठमाडौं महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सहायता कक्षको व्यवस्था गरेको जनाएको छ ।

चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई दृष्टिगत गरी बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष छन् ।


प्रकाशित : कार्तिक ४, २०७७ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?