महालक्ष्मीस्थानमा टीभीएसको नयाँ शोरुम- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महालक्ष्मीस्थानमा टीभीएसको नयाँ शोरुम

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको महालक्ष्मीस्थानमा टीभीएसको नयाँ शोरुम खुलेको छ ।

युनिराइड अटो प्रालिले खोलेको शोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री एस) को सुविधा रहेको सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंको स्किम तथा ओपनिङ डिस्काउन्ड रहेको उनले बताए ।

प्रकाशित : कार्तिक २, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको ‘गो सिम’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेलले महिलाका लागि ‘अघि बढौं’ भन्ने नारासहित ‘गो सिम’ ल्याएको छ ।

यो सिममा आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपत्कालीन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम अनि एमएमएस सेवा लिन पाइने र निश्चित नम्बरमा नि:शुल्क कल सेवा उपलब्ध रहेको एनसेलले जनाएको छ ।

गो सिम खरिदसँगै ग्राहकलाई २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २ सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस उपलब्ध हुने एनसेलले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×