कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङ ग्यालेक्सी जेड फोल्ड २ को बिक्री सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘ग्यालेक्सी जेड फोल्ड २’ स्मार्टफोनको बिक्री सुरु गरेको छ ।

सामसङ ग्यालेक्सी जेड फोल्ड २ को बिक्री सुरु

ग्यालेक्सी जेड फोल्ड २ थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । यो ६.२ इन्च, इन्फिनिटी–ओ स्क्रिन कभरको हरेकपटक डिभाइस अनफोल्ड नगरी प्रयोग गर्न सकिन्छ । यसमा फ्ल्यागसिप क्यामेरा क्वालिटी एवं कन्ट्रोल सुविधा छ ।

ग्यालेक्सी जेड फोल्ड २ मा ४५ सय एमएएच ब्याट्री छ । यसको मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।


प्रकाशित : आश्विन ३०, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?