वेस्ट अफ इङल्यान्ड शीर्ष ३० मा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट अफ इङल्यान्ड शीर्ष ३० मा

कान्तिपुर संवाददाता

काठमाडौँ — द ब्रिटिस कलेजले सहकार्य गर्दै आएको विश्वविद्यालय वेस्ट अफ इङल्यान्ड लन्डनमा रहेका विश्वविद्यालयमध्ये शीर्ष ३० मा परेको छ ।

लन्डनमा सयभन्दा बढी विश्वविद्यालय छन् । पछिल्लो सर्भेका अनुसार यूडब्लूई रोजगारी पाइने विश्वविद्यालयको शीर्ष २०औं स्थानमा वेस्ट अफ इङल्यान्ड छ ।

यो सर्भे उच्च शिक्षा तथ्यांक एजेन्सी (एचईएसए) ले सार्वजनिक गरेको ब्रिटिस कलेजले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्

न्यादी फिदीमा ऋण सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको आयोजनाको सम्झौता सम्पन्न भएको हो ।

नर्थ समिट हाइड्रो प्रालिद्वारा निर्माणाधीन न्यादी फिदी जलविद्युत् आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा विभिन्न बैंक र वित्तीय संस्थासँग बुधबार ऋण सम्झौता सम्पन्न भएको छ ।

माछापुच्छ्रेका अतिरिक्त बैंक अफ काठमान्डू, सानिमा र सिभिल बैंकबाट ३ सय ८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×