न्यादी फिदीमा ऋण सम्झौता- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यादी फिदीमा ऋण सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको आयोजनाको सम्झौता सम्पन्न भएको हो ।

नर्थ समिट हाइड्रो प्रालिद्वारा निर्माणाधीन न्यादी फिदी जलविद्युत् आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा विभिन्न बैंक र वित्तीय संस्थासँग बुधबार ऋण सम्झौता सम्पन्न भएको छ ।

माछापुच्छ्रेका अतिरिक्त बैंक अफ काठमान्डू, सानिमा र सिभिल बैंकबाट ३ सय ८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

‘टीभीएस दसैंको आशा’को विजेता छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘टीभीएस दसैंको आशा’ योजनाको हरेक साताअन्तर्गतका विजेता गणेशप्रसाद गौतम भएका छन् ।

गोलाप्रथाबाट छानिएका विजेता गौतमले टीभीएस अपाचे आरआर ३१० प्राप्त गरेका छन् ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसका कुनै पनि मोटरसाइकल खरिदमा ९ हजार रुपैयाँ र स्कुटर खरिदमा ७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×