सनराइजको चाडपर्व विशेष योजना- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सनराइजको चाडपर्व विशेष योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकले दसैं तथा तिहारलाई लक्ष्य गर्दै नयाँ योजना ल्याएको छ ।

बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवानसँग सहकार्य यो योजना ल्याएको हो । योजनाअनुसार बैंकको मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी गर्ने २० जना ग्राहकलाई एक/एक थान स्मार्टफोन प्रदान गरिनेछ ।

बैंकले मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्थासमेत गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

सामसङको क्यूएलईडी टीभीको प्रि–बुकिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले २०२० क्यूएलईडी टीभीका लागि प्रि–बुकिङ खुलाएको छ ।

सामसङले असोज २९ देखि कात्तिक १५ सम्मका लागि प्रि–बुकिङ खुलाएको हो । प्रि–बुकिङ गर्ने ग्राहकले नि:शुल्क मोबाइल सेटसमेत प्राप्त गर्नेछन् । ग्राहकले न्यूनतम १० हजार रुपैयाँको विशेष प्रि–अर्डर अफरअन्तर्गत कुनै पनि एलईडी टीभी खरिद गर्न सक्छन् ।

८५ इन्चको सामसङ क्यूएलईडी टीभी ५ लाख ८० हजार ६ सय र ७५ इन्चको ४ लाख ४२ हजार ४ सय २५ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×