कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वअर्थमन्त्री महतको पुस्तक सार्वजनिक

काठमाडौँ — पूर्व अर्थमन्त्री रामशरण महतद्वारा लिखित समसामयिक नेपाली अर्थतन्त्रसम्बन्धी पुस्तक बुधबार सार्वजनिक भएको छ । पूर्वराष्ट्रपति रामवरण यादवले पुस्तकको विमोचन गरेका हुन् । ‘ट्रयल्स, ट्रेमर एन्ड होप’ नाम दिइएको पुस्तक भारतको नयाँदिल्लीस्थित एड्रोइट पब्लिसर्सले प्रकाशन गरेको हो ।

पूर्वअर्थमन्त्री महतको पुस्तक सार्वजनिक

इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्चले आयोजना गरेको पुस्तक सार्वजनिकीकरण कार्यक्रमका वक्ताहरूले पुस्तक नेपाली आर्थिक इतिहासको नालीबेली जान्नका लागि उपयोगी भएको टिप्पणी गरे । कार्यक्रममा पूर्वराष्ट्रपति यादव, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, विश्व बैंकका पूर्वउपाध्यक्ष विन्दु लोहनी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, पत्रकार कनकमणि दीक्षितलगायतले बोलेका थिए ।


पुस्तकमा समावेश भएका विषयबारे बोल्दै लेखक महतले सन् १९९० यता भएको सरकार परिवर्तन, अर्थ नीतिमा आएको परिवर्तन, वैदेशिक सम्बन्ध, जलविद्युत्को सम्भावना र व्यापारजस्ता विषय पुस्तकले समेटेको जानकारी दिए । उनले सेवा प्रवाह र सुशासनको गुणस्तर सुधार्न नसक्दा नेपालको उत्पादकत्व दक्षिण एसियामै कमजोर भएको टिप्पणी गरे ।

प्रकाशित : मंसिर २६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?