कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शर्मालाई सम

काठमाडौँ — त्रिमूर्ति निकेतनले नाट्यसम्राट् बालकृष्ण समको महत्त्वपूर्ण दस्तावेज लेखनका साथै सात दशकभन्दा बढी समयदेखि नेपाली भाषासाहित्यमा सक्रिय रहेबापत् साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई एक लाख रुपैयाँसहित ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने भएको छ । 

शर्मालाई सम

त्यस्तै, नेपाली भाषामा आधुनिक कथा र उपन्यास सृजनाका लागि साहित्यकारद्वय गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ को सम्मानसहित पुरस्कृत गर्ने भएको छ । पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ । चित्रकार राजन काफ्ले र समाजसेवी श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको त्रिमूर्तिका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जनाएको छ । त्यस्तै त्रिमूर्ति निकेतनमा क्रियाशील मोहनकृष्ण सापकोटा र ढण्डुराज घिमिरेलाई ‘त्रिमूर्ति सेवा पदक’ दिइने बताइएको छ ।


दस हजार रुपैयाँसहितको ‘भद्र घले पदक’ विश्व नारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा.डा. गार्गी शर्मालार्ई समर्पण गरिने विज्ञप्तिमा छ । घलेका सम्मानमा स्थापित यो पदक यसअघि शताब्दी पुरुष सत्यमोहन जोशी, रामबाबु प्रसाईं, डा.मोदनाथ प्रश्रित, प्रा.ठाकुर पराजुली, केके कर्मचार्य, हरिहर विरही, सलोमी लेप्चालगायतले पाइसकेका छन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको साधारणसभाले पुरस्कार र पदकसम्बन्धी निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।


त्यस्तै, त्रिमूर्ति निकेतनको सदस्यमा साहित्यकार भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषी मनोनीत भएका छन् भने नइ प्रकाशनले पनि साहित्यकार पुष्पा थापा र तोयानाथ ओडारीलाई नइ प्रकाशनको सदस्यमा मनोनीत गरेको छ ।

प्रकाशित : मंसिर १३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?