कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माणिकरत्नलाई भैरव अर्याल स्मृति

हेटौंडा — हास्यव्यंग्यकार भैरव अर्याल स्मृति सम्मान पुरस्कार लेखक एवं हास्यव्यंग्यकार माणिकरत्न शाक्यलाई प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुर र साहित्य संगम मकवानपुरद्वारा स्थापना गरिएको पुरस्कारबाट काठमाडौं निवासी शाक्यलाई सम्मान गरिएको हो । पुरस्कार राशि २१ हजार एक रुपैयाँ छ । 

माणिकरत्नलाई भैरव अर्याल स्मृति

भैरव अर्यालको अर्धकदको सालिक रहेको पुष्पलाल पार्कमा शनिबार आयोजित कार्यक्रमका साहित्यकार गोविन्दराज विनोदीले शाक्यलाई पुरस्कार प्रदान गरे । यसअघि हास्यव्यंग्यकार मनोज गजुरेल, धुर्मुस–सुन्तली फाउन्डेसन, हास्यव्यंग्यकार राजकुमार लामिछानेलगायतलाई यो पुरस्कार प्रदान गरिसकेको छ । कार्यक्रममा हास्यव्यंग्यकार आरसी रिजाल र राजकुमार लामिछानेले प्रहसन प्रस्तुत गरेका थिए । केही साहित्यकर्मीहरूले व्यंग्य कवितासमेत वाचन गरे ।


प्रकाशित : मंसिर ९, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?