कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दम्पतीकै कृति

काठमाडौँ — कृषिविद् डा. प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेद्वारा लिखित दुई कृति शनिबार एकैसाथ लोकार्पण भएका छन् ।

दम्पतीकै कृति

पाण्डे दम्पतीको संयुक्त कृति ‘रहस्यः जीवन र प्रेम’ एवं नम्रता एक्लैको ‘ऊर्जा’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोकार्पण गरे । समसामयिक एवं सामाजिक विषयवस्तु केन्द्रित ‘ऊर्जा’ मा ४७ निबन्ध छन् ।


व्यक्तिमा रहेको ऊर्जालाई जागृत गरेर समाजका विभिन्न क्षेत्रमा फैलाउने कोसिस गरे सत्कर्मका माध्यमबाट सबैतिर प्रकाशमय बनाउन सकिने लेखकद्वयको विश्वास छ । आफूभित्रको ऊर्जा पहिचान गरी निरन्तर लगनशील र इमानदारीपूर्वक कर्म गरे जीवनमा सकारात्मक रूपान्तरण ल्याउन यो कृतिले केही मात्रामा भए पनि मद्दत गर्ने विश्वास उनीहरूले लिएका छन् ।


‘जीवन वास्तवमै रहस्यमय छ र रहस्य जहिले पनि सानो कुरामा छिपेको हुन्छ । प्रेम त्यो रहस्यलाई उजागर गर्ने एउटा सशक्त माध्यम हो,’ प्रद्युम्नले भने । पुस्तकमाथि समालोचक डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तलगायतले प्रकाश पारे ।

प्रकाशित : मंसिर २, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?