कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

सापकोटाको ‘समीकरण जिन्दगीको’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि ध्रुवकुमार सापकोटाको कविता संग्रह बजारमा आएको छ ।  ‘समीकरण जिन्दगीको’ नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित समारोहमा कवि तुलसी दिवस, गीतकार रत्नशमशेर थापा, कथाकार प्राज्ञ माया ठकुरी, कवि प्राज्ञ विवश पोखरेल लगायतले सार्वजनिक गरे ।

सापकोटाको ‘समीकरण जिन्दगीको’ सार्वजनिक

विराटनगरबाट काव्यिक सृजन यात्रा थालेका सापकोटा हाल निदरल्यान्डमा बसोबास गर्छन् । उनको यो पहिलो कविताकृति हो, जसमा विविध विषयका ४५ सृजना छन् । ‘बाहिर बसे पनि सापकोटाका सृजनामा देशकै चिन्ता देखिन्छ,’ कवि प्रमोद प्रधानले टिप्पणी गरे, ‘तर तिनमा अहिलेका आम नेपाली कवितामा जस्तो राजनीतिक सन्दर्भ नगण्य छन् ।’


कवि मञ्जु काँचुलीले सापकोटाका कविता भावना र अनुभूतिले धनी पाएको सुनाइन् भने साहित्यिक पत्रकार रोचक घिमिरेले ती सरल भएर पनि गम्भीर अर्थ दिने खालको रहेको उल्लेख गरे । अर्का साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले संग्रहका धेरै कविता प्रतीकात्मक र व्यंग्यात्मक रहेको बताए ।


कवि सापकोटाले बाहिर बसे पनि आफूले देशलाई सधैं ‘मिस’ गर्ने गरेको र आफ्ना सृजनामा त्यही भावना प्रतिविम्बित हुने गरेको सुनाए ।


समारोहमा कवि गोकुल अधिकारी र सापकोटाले संग्रहका केही कविता वाचन समेत गरेका थिए । उक्त कृति जनता प्रकाशनले छापेको हो ।

प्रकाशित : कार्तिक १६, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?