कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राइनासमा साहित्य पदयात्रा

आश गुरुङ

(लमजुङ) — बडादसैंको शुभमकामना आदानप्रदान गर्दै साहित्यअनुरागीले राइनास साहित्य पदयात्रा गरिएको छ । सहभागीले राइनास नगरपालिकाका सवै वडामा पुगी साहित्यबाचन गर्दै पदयात्रा गरेका थिए ।

राइनासमा साहित्य पदयात्रा

राइनास नगरपालिका ४ सातबिसे बजारबाट सुरु भएको साहित्य पदयात्रा भलायखर्क, राइनासकोट, तीनपिप्ले लगायतका स्थान हुँदै सातविसे बजारमा आएर आइतबार सकिएको छ ।


करीब ५० जनाले साहित्य पदयात्रामा कविता, मुक्तक, गजल, गीतमार्फत २ दिनसम्म नगरवासीमा सुखशान्तिको कामना गरेका थिए । उनीहरुले दसैंको शुभकामना सहित गाउँपालिकाभित्रका १० वटै वडा परिक्रममा गरेका थिए ।


राइनास नगरपालिकाको सहयोगमा राइनास वाङमय प्रतिष्ठान, सौभाग्योदय पूर्व विद्यार्थी समाज राइनासले नगरपालिकाभित्रका वासिन्दालाई दसैंको शुभकामना दिँदै राइनास साहित्य पदयात्रा कार्यक्रमको आयोजना गरेका थिए । राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाका अनुसार साहित्य पदयात्राका टोलीले नगरवासीलाई प्रत्यक्ष भेटेर दसैंको शुभकामना आदानप्रदान गरेको र साहित्यमार्फत एक अर्काको भावना साटासाट गर्ने अवसर मिलेको बताए ।


गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्षको रुपमा लिएको र केन्द्रीय सरकारले सन् २०२० लाई पर्यटन भ्रमण बर्षको रुपमा अघि सारेकाले साहित्यको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनले दाबी गरे ।


‘एकातिर साहित्यको कुरा छ । अर्कोतिर पर्यटन प्रवर्द्धनको कुरा छ । हामीले संगसंगै लिएर दसैंको समय साहित्य पदयात्रा गरी गाउँगाउँ पुग्यौं,’ उनले भने ।


पदयात्राका लागि आवश्यक खर्च सवै नगरपालिकाले व्यहोरेको छ । कला साहित्यको जगेर्ना गर्दै दसैंको शुभकामना सन्देश दिन र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन साहित्यिक पदयात्राको आयोजना गरिएको सौभाग्योदय पूर्व विद्यार्थी समाजका अध्यक्ष नवराज पौडेलले बताए ।


‘साहित्यको संरक्षण गर्नुपर्छ । दसैं हाम्रा चाडपर्व भएकाले यससंग जोडिएका संस्कृतिलाई बचाउनुपर्छ । पर्यटन प्रवर्द्धन पनि गर्नुपर्छ । हामी आगामी वर्षमा समेत यस्ता अभियानलाई निरन्तरता दिन चहान्छौं,’ उनले भने ।


प्रकाशित : आश्विन २०, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?