मंसिर ११ देखि मनाङको थान्चोक र कोतोको पारिपट्टि कोटेको जंगलमा डढेलो सुरु भयो । मस्र्याङ्दी नदीपारि लागेको आगो बस्तीतिर नआउने आकलन गर्दै स्थानीयले त्यसको वास्ता गरेनन् ।
पार्टी प्यालेस, होटल र बैठक कोठालगायतमा देखाइँदै आएको गुरुङ फिल्मलाई दर्शकले अब सिनेमा हलमै हेर्न पाउने भएका छन् । निर्माण सुरु भएको २५ वर्ष पुगेको अवसर पारेर गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले हलमै रिलिज गर्ने तयारी गरेको हो ।
हिमाली जिल्ला मनाङमा अहिले तापक्रम सामान्यतया शून्य वा त्यो भन्दा तल छ । पुस लागेयता त हरेक रातको तापक्रम माइनसमा रेकर्ड भएको छ । माइनस तापक्रममै यहाँ आगलागी पनि भइरहेको छ । आगलागीले हालसम्म करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको प्रारम्भिक अनुमान छ ।
चामेमा मेलिना गुरुङको होटल अगाडि धारा छ । बिहान उठेर हेर्दा धारामा बग्दाबग्दैको पानी जमेको देखिन थालेको एक साता भयो । ‘बिहान ११ नबजी धाराबाट पानी खस्दैन,’ उनले भनिन्, ‘साँझैमा धाराको पानी सानो बनाएर राखिएन भने दिनभरि पनि बरफ पग्लिँदैन ।’
नेकपाका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेंसीसहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) को अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका छन् ।
विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) को परीक्षा स्थगित गरिएको छ । शनिबारमात्रै क्याम्पसको छात्रावासमा बस्ने २९ जना विद्यार्थीमा कोरोना पुष्टि भएको क्याम्पस प्रशासनले जनाएको छ ।
एक महिलाको हत्याको अभियोगमा दुई युवक पक्राउ परेका छन् । सुन्दरबजार–४ दुराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्याको ३६ घण्टाभित्रै प्रहरीले सुन्दरबजार–३ स्वाँराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई पक्राउ गरेको हो । सागर धनमायाका भतिजा र विकास भान्जा हुन् ।
एक गाउँलेको हत्या गरी इराकमा गएका एक महिलालाई लमजुङ प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान कसुर गरेर फरार दोर्दी गाउँपालिका ६ (साविक ढोडेनी गाविस ७) सिमीका ३२ वर्षीया (तत्काल १८ वर्ष) पदमी गुरुङलाई प्रहरीले माइती घरबाट पक्राउ गरेको हो ।
सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । यो सर्त पूरा गर्नेले मात्रै मनाङ प्रवेश गर्न पाउनेछन् । मनाङ प्रवेश गरेर पनि जोकसैलाई पूर्ण फुकुवा भने हुने छैन ।
तीन दशकदेखि फलामे साङ्लोमा बाँधिएका दोर्दी गाउँपालिका–९ माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको बिहीबार उद्धार गरिएको छ । उनलाई बेंसीसहरस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । उद्धारका क्रममा उनको शरीरमा लुगासमेत थिएन । १८ वर्षको उमेरदेखि नै उनलाई परिवारले पिँढीको खोपीमा साङ्लोले दायाँ हातमा बाँधेर राखेका थिए ।