कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रवीणको उपन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — आधुनिकताको नाममा झ्याँगिँदै गइरहेको सामाजिक–सांस्कृतिक संक्रमणलाई विषय बनाएर युवा लेखक प्रवीण निरौलाले उपन्यास ‘तिरस्कृता’ ल्याएका छन् ।

प्रवीणको उपन्यास

वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा उपन्यास लोकार्पण गरे ।


संस्कृतिविद् जोशीले नेपाली समाजभित्र विश्व चिनाउने विषयवस्तु भएको दाबी गर्दै निरौलाको प्रयासको प्रशंसा गरे । प्रमुख आयुक्त तथा गीतकार थपलियाले उपन्यासकार निरौलाले पहाडको कन्दरादेखि विदेश गएर पसिना बगाएको यथार्थलाई उपन्यासमा चित्रण गरेको दाबी गरे । लेखक निरौलाले मानिसको बाल्यकाल, घरायसी, वर्तमान समाजको परिस्थिति कतातिर ढल्किरहेको छ भन्ने पक्षलाई उपन्यासमा पस्किने प्रयास गरेको बताए । अस्ट्रेलिया बस्दै आएका निरौलाको उपन्यास सिमल बुक प्रकाशनले छापेको हो ।


प्रकाशित : आश्विन १४, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?