कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वेदमा युवा जोगीको कथा

काठमाडौँ — गजल र समालोचनामा नाम बनाएका शैलेन्द्र अधिकारीले नयाँ कृति ल्याएका छन् । 

निर्वेदमा युवा जोगीको कथा

युवा जोगीको कथामा आधारित उपन्यास ‘निर्वेद’ को शनिबार राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुदीप पोख्रेल, साहित्यकार रूपक अलङ्कारले सार्वजनिक गरे ।


आख्यानकार अधिकारीले साना कथाहरूका रूपमा पढ्न सकिने ससाना कथाहरूलाई उनेर उपन्यास बनाएका छन् । अलङ्कारले कृतिमाथि बोल्दै उपन्यासमा दार्शनिक पक्ष सशक्त रहेको दाबी गरे । दैनिक जीवन र लोकव्यवहारलाई पनि लेखकले उत्कृष्ट तरिकाले प्रस्तुत गरेको उनले दाबी गरे ।


उपप्राध्यापक पोख्रेलले कृतिमा एउटा युवकले आफ्नो बाल्यकाल वा भूतकालमा आफूले भोगेका अनुभव सम्झेर वैराग्यता महसुस गरेका प्रसंग सुन्दर रहेको औंल्याए । उपन्यासकार अधिकारीले अरू कसैले नलेखेको विषयमा जोखिम उठाएको दाबी गरे । कृति शिखा बुक्सले छापेको हो ।

प्रकाशित : आश्विन ५, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?