कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोनिज यूके पत्रकारिता सम्मान शान्तिलाई

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले ‘फोनिज यूके पत्रकारिता सम्मान-२०१९’ पत्रकार शान्ति गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज यूकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा सेप्टेम्बर ३ मा  फार्नबरोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सम्मानको राशि ३० हजार रुपैयाँ र ताम्रपत्र छ ।

फोनिज यूके पत्रकारिता सम्मान शान्तिलाई

फोनिज यूकेले रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा गठन गरेको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र (नेपाल)ले सिफारिस गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा शान्ति गुरुङलाई चयन गरिएको जनाएको छ ।


रुपन्देहीको बुटवल–१३ की गुरुङ २०५४ सालदेखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा गुरुङ भाषाको समाचार वाचिका छिन् । हाल समाचार सम्पादक पदमा कार्यरत छिन् । उनले मातृभाषामा समाचार वाचन, कार्यक्रम सञ्चालन, आदिवासी जनजातिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दैआएकी छिन् । यसैगरी ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस)को संवाददातासमेत हुन् ।


गुरुङ नेपाल पत्रकार महासंघ प्रदेश नं.४ कार्यसमितिको उपाध्यक्ष, प्रेस चौतारी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष, तमु (गुरुङ) पत्रकार संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्ष छिन् ।


फोनिज यूकेले यसअघि सन् २०१६ को ‘फोनिज यूके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । सन् २०१७ को ‘फोनिज यूके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो ।


यस्तै, ‘फोनिज यूके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको थियो । यो वर्षको सम्मान आउँदा असोज अन्तिम साता काठमाडौंमा प्रदान गरिने अध्यक्ष राईले विज्ञप्तिमा जनाएकी छिन् ।

प्रकाशित : भाद्र २५, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?