कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दामोदरको सम्पदा लेखन

काठमाडौँ — पत्रकार एवं स्रष्टा दामोदर न्यौपाने सातौं कृति ‘सम्पदा लडाइँ’ सहित आएका छन् । शनिबार राजधानीको वसन्तपुर डबलीमा वरिष्ठ कवि एवं गीतकार दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरे ।

दामोदरको सम्पदा लेखन

पुरानो पुस्ताले समेत वास्ता गर्न छोडेको सांस्कृतिक सम्पदाको जगेर्नामा युवापुस्ता लाग्नु प्रशंसनीय भएको बताउँदै श्रेष्ठले न्यौपानेको पुस्तक सम्पदा मिच्नेहरुका लागि बलियो अस्त्र सावित हुने दाबी गरे ।


पुस्तकमाथि समीक्षा गर्दै समालोचक ज्ञानु अधिकारीले न्यौपानेको पुस्तकले इतिहासलाई बचाइराख्न सघाउने बताए । आत्मपरक शैलीमा लेखिएको भए पनि भाव र विचार बलियो रहेको उनको दाबी थियो । सम्पदाविद् रवीन्द्र पुरी, अधिवक्ता प्रकाशमणि शर्मालगायतले मासिन लागेका सम्पदा संरक्षणको दिशामा पुस्तकले ठूलो योगदान दिने बताए ।


लामो समयदेखि सम्पदा संरक्षणसम्बन्धी कलम चलाउँदै आएका कान्तिपुरकर्मी न्यौपाने मासिँदै गइरहेको उपत्यकाका सम्पदाको पछिल्लो अवस्थाले पुस्तक लेखनमा प्रेरणा मिलेको बताए । पुस्तक सांग्रिला प्रकाशनले छापेको हो ।

प्रकाशित : भाद्र २१, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?