कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सायन र पन्तलाई पद्मश्री

काठमाडौँ — खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले २०७६ को पद्मश्री पुरस्कार र सम्मानको घोषणा गरेको छ ।

पद्मश्री साहित्य पुरस्कार ‘छुटेका अनुहार’ का लागि रमेश सायन र पद्मश्री साधना सम्मान पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई प्रदान गरिने भएको प्रतिष्ठान संरक्षक जीवा लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । दुवै पुरस्कार र सम्मानमा जनही २ लाख रुपैयाँ र सम्मानपत्र अर्पण गरिन्छ ।

२०७५ भरि प्रकाशित पुस्तकमध्येबाट सायनको निवन्धात्मक कृतिलाई छनोट गरिएको हो । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन राजधानीमा अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ । ।


प्रकाशित : भाद्र १०, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?