कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभिन्न व्यक्तित्व सम्मानित 

विराटनगर — विराटनगरबाट प्रकाशित हुँदै आएको उद्‌‌घोष दैनिकको १५ औँ वार्षिकोत्सवका अवसरमा दिव्यराज–ललितादेवी दाहाल सामाजिक सम्मान सामाजिक अभियन्ता सीता शर्मालाई प्रदान गरिएको छ । हरेक तीन वर्षमा उद्‌घोष दैनिकको वार्षिकोत्सवका अवसरमा प्रदान गरिदै आएको ५१ हजार १ सय १५ रुपैयाँ राशीको उक्त सम्मान र सम्मान पत्र शर्मालाई प्रदान गरिएको हो ।

विभिन्न व्यक्तित्व सम्मानित 

त्यसैगरी राजेश्वरी रेग्मी स्मृति साहित्यिक पुरस्कार गजलकार सुविद गुरागाँईलाई प्रदान गरिएको छ । उनलाई १० हजार १ सय रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।


पत्रिकाले आफ्ना स्थानीय स्तम्भकारहरु बलराम पोखरेल, पीताम्बर दाहाल, चन्द्रकिशोर मल्लिक, अमर मल्लिक, कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, कृति श्रेष्ठ, लक्ष्मण नेवटिया र हरिप्रसाद बराललाई समेत सम्मान गरेको छ । सम्पादक मोहन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कृत र सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मानित गरे ।


प्रदेश सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रम अन्तर्गत आयोजित खुल्ला निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा विराटनगरका हिमाल ढकाल प्रथम, सदीक्षा सुवेदी द्वितीय, अनुष्का रेग्मी तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार तथा सान्त्वना स्थान प्राप्त अजय पण्डीत, सृजल श्रेष्ठ, हिमानी रिजाल, नेहा साह, खिमबहादुर थापा र इशान सिग्देललाई जनही ३ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

प्रकाशित : भाद्र २, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?