कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो वनस्पतिविद्को सम्झना

काठमाडौँ — नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे बाँचिरहेका भए यतिबेला सय वर्षका हुन्थे । ६६ वर्ष उमेरमा बितेका उनले वनस्पतिबाट निस्कने रसायनलाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने अवधारणाको सम्झना वनस्पति समुदायले गरेको छ । 

२०१६ सालमा वनस्पति विभाग स्थापना गरेका पाण्डे जडिबुटी अनुसन्धान केन्द्रको समेत संस्थापक थिए । पाण्डेको सम्झनामा तीन वर्षअघि स्थापित ‘प्रयागराज फाउन्डेसन’ ले बुधबार गरेको शतवार्षिकी समारोहमा त्यसका अध्यक्ष मधुसूदन विष्टले भने, ‘पाण्डेले नेपालको वनस्पति क्षेत्रमा गरेको योगदानको कदर गर्दै शतवार्षिकी मनाइएको हो, जडिबुटीलाई व्यावसायिक रूपमा खेतीसमेत गर्ने कामको सुरुवात उनैले गरेका हुन् ।’


पाण्डेको शतवार्षिकी मनाउन यो वर्षभरि मासिक रूपमा वनस्पति शास्त्रसम्बन्धी विविध कार्यक्रम गर्ने फाउन्डेसनले घोषणा गरेको छ । समारोहमा पाण्डेको शतवार्षिकी पुस्तक नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनीलबाबु श्रेष्ठले लोकार्पण गरेका थिए । नेपालका प्रथम वनस्पतिशास्त्री पाण्डेको जीवनीबाट हरेकले केही सिक्न सक्ने उनले बताए ।


पाण्डे वन मन्त्रालयका प्रथम सचिवसमेत थिए । उनको जन्म विसं. १९७६ मा काठमाडौंमा भएको थियो ।


प्रकाशित : असार १९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?