कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरात सभ्यताको नालीबेली

काठमाडौँ — किरातहरूको मुन्धुम, संस्कार–संस्कृति, पूर्वीय मिथक तथा भाषा कस्ता छन् ? प्राग्ऐतिहासिक युगदेखि प्राचीन मन्त्र तथा तन्त्रकालीन समय हुँदै आधुनिक कालसम्ममा किरात जाति कहाँ पुगे ? कसरी जीविकोपार्जन गरे ? यी सबै केलाउने कोसिस गरेका छन् अनुसन्धाता जितमान राई ‘यालुङ’ ले । 

किरात सभ्यताको नालीबेली

उनीद्वारा लिखित ‘किरात इतिहास तथा वंशावली’ पुस्तक उँभौली पर्वको अवसर पारेर राजधानीमा लोकार्पण गरियो । अनुसन्धाता राईले ‘किरात इतिहास तथा वंशावली’ पुस्तकमा त्रेतायुगको सुरुवातका कालखण्ड वा ककेसस, निग्रोइड र मंगोलाइड समय अनि सिन्धुघाँटी सभ्यता हुँदै भारतीय सभ्यता र किरातकालीन समयलाई चियाउने प्रयास गरेका छन् ।


अहिलेको मंगोल जातिले बोल्ने भाषा र लिपिले पूर्वज एउटै थिए भन्नेबारे पनि उनले तुलनात्मक अध्ययन गरेका छन् । तिनका विभिन्न शाखा–सन्तान फैलने क्रममा चाइनिज, जापानिज, मंगोलियन, कोरियन, बर्मिज, थाई, किरात आदि रूपमा विकसित भएको उनको दाबी छ ।


यालुङछा वंशावली प्रकाशन समिति, काठमाडौंले छापेको पुस्तकमा लेखक जितमानले किरातभित्र को–को पर्छन् ? जिउने क्रममा कुन–कुन बाटो हुँदै बसाइँसराइ गरे ? को कोसँग कहाँ युद्ध गर्नुपर्‍यो ? राई शब्द के हो ? कति पुरानो जस्ता प्रश्नको उत्तर दिएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?