कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कापी

कथा

एकादेशमा सुमन नाम गरेको एउटा बालक थियो  । उसको नेपाली विषयको कापी सकियो  ।

कापी

सुमनलाई बुबाले नयाँ नेपाली कापी किनिदिनुभयो । सुमनलाई नेपाली कापी फिटिक्कै मन परेन । उसले त्यो कापीमा केही नलेख्ने विचार गर्‍यो । एक दिन कोही नभएका बेला उसले नेपाली कापी च्यातिदियो । पछि विद्यालयमा नेपाली मिसले कापी माग्दा ऊ रुन थाल्यो । किन रोएको भनी मिसले सोध्नुभयो । उसले ‘मलाई नेपाली किताब मन पर्दैन त्यसैले च्यातेर फालिदिएँ’ भन्यो । मिसले सम्झाउनुभयो र घरमा पनि फोन गरिदिनुभयो । घर जानेबित्तिकै बुबाले ‘के भयो बाबु ?’ भनेर सोध्नुभयो । उसले बुबालाई पनि आफूले गरेका सबै कुरा भन्यो । बुबाले उसलाई सम्झाइबुझाइ गर्नुभयो । सुरुमा त उसले मुख बटार्दै थियो, पछि बुबाले राम्ररी सम्झाएकाले बुबासँग माफी माग्यो । अनि सुमनले ‘अबदेखि म कहिल्यै कुनै पनि किताब र कापी च्यात्दिनँ,’ भन्यो ।

- आरोग्य खनाल, कक्षा–१
नवोदय शिशु सदन, हेटौंडा–४ कमलडाँडा

प्रकाशित : मंसिर २२, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?