हिउँ साथी
हिमालकै सरी हिजो हिउँ पर्यो साथी
हिउँ खेल्न गयौं सबै डाँडा माथिमाथि
हिउँ मान्छे बनाएर नाक, मुख हाल्यौं
कपासको जस्तो मान्छे हेरी मख्ख पर्यौं ।
गुराँसका बोटमाथि हिउँ फूलका दाना
रूखभरि सेता सेता हिउँकै देखें छाना
कपासको रासभित्र खेले जस्तै भयो
हिउँ खेल्दा साथी बन्न हुस्सु पनि आयो ।
पहाड चढी बादलुलाई छुने मन थियो
बुझेछ कि बादलुले हिउँ बनी आयो
बादलजस्तै हल्का देख्छु मनै रमाउने
घाम देख्दा डराएर उस्सै बिलाउने ।
निकैबेर रमाएर खेल्यौं हिउँ सेतो
पछि भने हात, ओठ हुन थाल्यो नीलो
हिउँ जम्न थालेपछि सिसा जस्तै बाटो
बाटो काट्न साह्रै गाह्रो चिप्लो थियो माटो ।।
जाडो बिदा रमाइलो हिउँसँगै खेल्यौं
हिउँको मूर्ति बनाएर देउरालीमा दियौं
जमेका ती हिउँभित्र धेरै थिए चित्र
हाम्रो देश नेपाल यो निकै विचित्र ।।
िपवित्रा दाहाल
लोकन्थली, भक्तपुर