कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानी परी र सानो बाबु

राजाराम पौडेल

पोखरा फलेपाटनकी अर्पणा मिश्र सानी परी पोखरा २०१९ बनेकी छन् । पोखराको सेन्ट मेरिज स्कुलमा ५ कक्षामा अध्ययनरत उनले २२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उपाधि विजेता बनेकी उनले प्रतियोगितामा भाग लिएर आफ्नो व्यक्तित्व र नेतृत्व विकासमा सघाउ पुगेको बताइन् ।

सानी परी र सानो बाबु


अभिनय गर्न मन पराउने अर्पणाले स्कुलमा समेत अतिरिक्त क्रियाकलापमा भाग लिने गरेकी छन् । सानी परीतर्फ फस्ट रनर्सअप कक्षा तीनमा अध्ययरत पोखरा लेकसाइडकी ओजस्वी भुजेल, कक्षा ४ मा अध्ययनरत विरौटाकी अन्ननय खत्री र कक्षा ६ मा अध्ययनरत पोखरा १२ की साइन थापा मगर बने ।
सेकेन्ड रनर्सअपमा पोखरा १५ की कृपा गुरुङ, पोखरा १२ फूलबारीकी स्नेहा कोइराला र पोखरा १० की निलिमा रेग्मी आउन सफल भए । थर्ड रनर्सअपको पुरस्कार पोखरा ११ की इरिका रञ्जित र पोखरा विरौटाकी श्याभिजा खत्रीले जितिन् । भ्युअर च्वाइस पोखरा १५ की मिसन हमालको पोल्टामा पर्‍यो ।
जित हाम्रो फाउन्डेसनले गरेको १५ औं सास्करणको सानी परी एन्ड सानो बाबु पोखरा २०१९ अन्तर्गत सानो बाबुतर्फका उपाधि पोखरा १७ का १२ वर्षिय कृतनभक्त आचार्यले जिते । फस्ट रनर्सअप पोखरा १७ का प्रनिल पोखरेल र पोखरा ३ का आर्यन पौडेल, सेकेन्ड रनर्सअप अम्मरसिाहचोकका प्रसन्न केसी र पोखरा न्युरोडका संर्घष मरासिनी र थर्ड रनर्सअप पोखरा ११ का ब्रायन गुरुङ बन्न सफल भए । सानी परीतर्फ २३ र सानो बाबुतर्फ १३ जनाबीच फाइनल प्रतिस्पर्धा भएको थियो । उनीहरू सबैजना ७ देखि १२ वर्ष उमेरका थिए । उनीहरूलाई विभिन्न ५ वटा समूहमा विभाजन गरी तालिम प्रदान गरेर अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो ।
आफ्ना बाबु नानीले झन्डै एक महिना अवधिमा सिकेका कुरालाई सबैका अगाडि प्रदर्शन गरेर देखाउँदा अभिभावक खुसी देखिन्थे । पोखरामा सन् २००५ बाट यो प्रतियोगीता सुरु भएको हो । अहिलेसम्म ६ सय जनाले भाग लिइसकेको फाउन्डेसनका संस्थापक राजेश जोशीले बताए ।

प्रकाशित : मंसिर २२, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?