कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्र कोर्दै विद्यार्थी

राजाराम पौडेल

आफ्नो कला चित्रमार्फत् प्रस्तुत गर्दै आएका बालबालिका प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित थिए  । उनीहरूले बनाएको चित्रको मूल्यांकन चित्रकार एवं कार्टुनिस्ट दुर्गा केसीेले गरिरहेका थिए  ।

चित्र कोर्दै विद्यार्थी

आफ्नो कला चित्रमार्फत् प्रस्तुत गर्दै आएका बालबालिका प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित थिए । उनीहरूले बनाएको चित्रको मूल्यांकन चित्रकार एवं कार्टुनिस्ट दुर्गा केसीेले गरिरहेका थिए । बालबालिका ८ देखि १३ वर्ष उमेर समूहका थिए । लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भिमाद २ टेक्रेभन्ज्याङस्थित बालविकास माविमा भएको प्रतियोगितामा १२ फरक–फरक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको थियो । जर्नी अफ पिस (शान्ति यात्रा) विषयक चित्रकला प्रतियोगितामा तनहुँको बालविकास माविकी छात्रा बिन्दु थापा प्रथम भइन् । अरुणोदय माविका छात्र एकिन थापा द्वितीय र शंकर माविका छात्र सुशील थापा तृतीय भए । क्लबका पूर्वअध्यक्ष टंकराज अधिकारीका अनुसार तनहुँको भिमाद नगरपालिका १ र २ का सामुदायिक विद्यालय बालविकास मावि, अरुणोदय मावि, सिद्धार्थ प्रावि, बलभद्र निमावि, सिद्धार्थ मावि, ज्ञानज्योति आवि र रघु मावि, सिद्ध मावि, किउँ मावि, जनता मावि, मदरसा गौसिय मावि र शंकर माविका छात्रछात्राको प्रतियोगितामा सहभागिता रहेको थियो ।

प्रकाशित : मंसिर १, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?