कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मान्छे

कान्तिपुर संवाददाता

पृथ्वीको माटो खनाउँछ
बाटो बनाउँछ
धुलो उडाउँछ मान्छे ।
विकासको गाडी गुडाउँछ
पेट्रोल फुकाउँछ
धुवाँ उडाउँछ मान्छे ।।

फ्याक्ट्री बनाउँछ,
केमिकल खन्याउँछ
प्लास्टिक बनाउँछ मान्छे ।
प्लास्टिक डढाउँछ
वनका रूख लडाउँछ
प्रदूषण बढाउँछ मान्छे ।।

खाना किनेर खान्छ
सामान चिनेर लान्छ
बिसर्जन बाटैमा गर्छ मान्छे ।
विष खान्छ, रोग बटुल्छ
मन्दिर गएर व्यर्थको
आशीर्वाद माग्छ मान्छे ।।

लाखौंको महल बनाउँछ
कंक्रिटको सहर बनाउँछ
बिरुवा रोप्दैन मान्छे ।
हेर्नलाई संसार घुम्छ
सगरमाथा चुम्छ
आफ्नै मलमूत्र छोप्दैन मान्छे ।।

आफू कपडा लगाउँछ
शरीर सजाउँछ
जल–जंगल–जमिन मास्दै छ मान्छे ।
अचेल विकासका नाममा
विनाश गर्दै
आफ्नै सन्तानको मृत्युमा हाँस्दै छ मान्छे ।।

सञ्जीवनी भुर्तेल, कक्षा–१०
समता शिक्षा निकेतन, बौद्ध, काठमाडौं

प्रकाशित : कार्तिक ३, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?