मेरो प्यारो बाबा

कान्तिपुर संवाददाता

भोकमा मलाई खाना दिनेजाडोमा मलाई नाना दिने,दुःखमा मलाई साथ दिने मेरो प्यारो बाबा ।


नयाँ कुरा सिकाउने
नयाँ ठाउँ डुलाउने,
विद्यालय पुर्‍याउने
मेरो प्यारो बाबा।

खेलौना किनिदिने
नयाँ पापा किनिदिने,
मेरो दुःखमा दुःखी हुने
मेरो प्यारो बाबा।।

प्रज्ज्वल शाह, कक्षा ः ४
एसओएस हर्मनमाइनर स्कुल, काभ्रे

प्रकाशित : आश्विन २६, २०७६ १०:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुतली छोरी

कान्तिपुर संवाददाता

सानीसानी पुतली, अनुहारै हँसिली,जान थालिन् पाठशाला,बोकी सानो झोली ।


स्कुल गई सबैसित
मिलीजुली पढ्छिन्,
छुट्टीपछि घर आई
गृहकार्य गर्छिन्।

पाठशाला छुटेपछि
घर आउँछिन् भ्यानमा,
मामुसँग मागेर
खान्छिन् एप्पल बनाना।

मनपर्ने खाजा खाई
साथीसँग जान्छिन्,
हल्ला गर्दै तलमाथि
उछलकुद गर्छिन्।

गणेश वज्राचार्य
बिराटनगर

प्रकाशित : आश्विन २६, २०७६ १०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्