कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगलमा लुगा पसल

कान्तिपुर संवाददाता

बाादरको पनि लुगा पसल १ सुन्दा अचम्म लाग्छ । हो, यस्तै अचम्म लाग्ने कथा छ ‘फ्याउराको दौरा’ चित्रकथाभित्र । डिकुरा पब्लिकेसनले छापेको यो चित्रकथालाई रत्न प्रजापतिले लेखेका हुन् ।

जंगलमा लुगा पसल

पुन्टे बाँदर एक दिन जंगलबाट निस्कन्छ । घुम्दैघुम्दै गाउँसम्म पुग्छ । त्यहाँबाट पनि घुम्दैघुम्दै सहरसम्म पुग्छ । सहरका केटाकेटीले लुगा लगाएको देखेर छक्क पर्छ । आफू नांगै भएकाले उसलाई लाजमर्नु हुन्छ । त्यसपछि उसले जंगलका जनावरले पनि लुगा लगाउनुपर्छ भन्ने सोच्छ । अनि जंगलमै एउटा लुगा पसल खोल्छ ।
पसल उद्घाटनमा धेरै जनावर आउँछन् । सबैले एकएक जोर लुगा किन्छन् । स्यालले कोट र पाइन्ट किन्छ । मृगले सारीचोलो किन्छ । जरायोले जिन्स पाइन्ट किन्छ । खरायोले कट्टु किन्छ । भालुले धोती र इस्टकोट किन्छ । ब्वाँसोले ढाका टोपी र कछाड किन्छ । हरिणले बक्खु किन्छ । डांग्रे मुसाले गन्जी र कट्टु किन्छ । फ्याउराले चाहिँ एक जोर दौरा किन्छ । दौरा लगाएर उसले आफूले आफैंलाई हिरो ठान्छ ।
एक दिन ऊ दौरा लगाएर घाममा सुतिरहेका बेला डांग्रे मुसाले उसको दौरामा भ्वाङैभ्वाङ पारेर काटिदिन्छ । आफूलाई मन परेर किनेको दौरामा भ्वाङैभ्वाङ देखेर फ्याउरा निक्कै खिन्न हुन्छ । डांग्रे मुसासँग एकदमै रिसाउँछ । मुसा दुलोभित्र लुकेकाले केही गर्न सक्दैन । फ्याउराले फेरि नयाँ दौरा किनेर लगाउँछ । त्यसपछि उसलाई सबै जनावरले ‘फ्याउरा हिरो’ भनेर बोलाउँछन् । फ्याउरा दंग पर्छ । पुस्तकले सभ्य हुनुपर्छ भन्ने सन्देश दिएको छ । चित्र हेर्दै कथा पढ्न मजा आउँछ ।

प्रकाशित : आश्विन २६, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?