कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं बिदामा

कान्तिपुर संवाददाता

नयाँ किताब किनौंला दसैं बिदामा,नयाँ साथी चिनौंला दसैं बिदामा  ।

प्यारो गाउँमा पुगौंला दसैं बिदामा,
लेकबेंसी घुमौंला दसैं बिदामा ।

सरसफाइमा रमाउँला दसैं बिदामा,
ठिक्क मात्रै खाउँला दसैं बिदामा ।

खुसीको दीप बालौंला दसैं बिदामा,
नयाँ काम थालौंला दसैं बिदामा ।

पिङ खेलेर मच्चिउँला दसैं बिदामा,
गल्ती भए सच्चिउँला दसैं बिदामा ।

इन्द्रकुमार श्रेष्ठ
कमला कुञ्ज, ओखलढुंगा

प्रकाशित : आश्विन १२, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?