कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मीठो सातु

आफ्नै घरमा आमाले मकै–भटमास भुटेर,भुटेपछि मजाले खलमा राखी कुटेर  ।


निकालेर डाडुले कचौरामा खन्याउँछिन्,
चिनी मिसाई मीठो सातु बनाउँछिन् ।

चाउचाउ खान नपाए केटाकेटी रिसाउँछन््,
थाहै छैन चाउचाउमा केके मिसाउँछन्् ।
चाउचाउमा खै के जाती, हाल्छन््् अरे मसला,
आफूलाई त चाउचाउभन्दा सातु लाग्छ असल ।

मकै–भटमास खानेको हात–पाखुरा बलियो छ,
चाउचाउ खाने साथीको हात साह्रै लुलो छ ।
दूध/चियासँग म सातु भिजाई खाने हो,
चाउचाउ खाने साथीलाई गिज्याएर जाने हो ।

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

प्रकाशित : आश्विन ५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?